२०८१ बैशाख ५, बुधबार
April 17, 2024, Wednesday

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा एकजनाको मृत्यु

दिपायल – कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा चालकको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका ६ मा आइतबार साँझ मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर हिजो बेलुकी साढे ७ बजे आपसमा ठोक्किएका थिए । दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७९ माघ १६

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP