२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

आज ७०औँ विश्व कुष्ठरोग दिवस, सुदूरपश्चिमका २०५ जनामा कुष्ठरोग


दिपायल- ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।

धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रूपमा छालामा फिक्का दाग आउने वा औँलाहरू सुनिने गर्दछ। चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्छ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशीको पक्षघात गराउन सक्छ ।

विश्वका सयभन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ । सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्णरूपमा कुष्ठरोग निवारण भने भइसकेको छैन ।

आर्थिक वर्ष २०७९÷८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। नयाँ भेटिएका बिरामीमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका बिरामी रहेका छन् ।

सरकारी तथ्याङ्कअनुसार मधेशमा नौ सय १० जना, लुम्बिनीमा पाँच सय ८१ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिममा दुई सय पाँच जना र कर्णाली प्रदेशमा ६८ जनामा कुष्ठरोग भेटिएको छ । गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कुष्ठरोगीको संख्या कम छ ।

१६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी छ । जसमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्। मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ माघ १५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP