२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

कैलालीमा लाटोकोसेरो उत्सव हुने

दिपायल- कैलालीमा लाटोकोसेरो उत्सव हुने भएको छ । चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।

घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको माघी होमस्टे थारु गाउँमा उत्सव आयोजना हुने आयोजक संस्थाले जनाएको छ । माघ २० र २१ गते गरी दुई दिन उत्सव आयोजना हुने छ ।

सन २०१९ मा स्याङ्जाको राङभाङमा ९औँैं लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गरिएको थियो । किसानको साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो÷हुचिलको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेको थिएन । कैलालीमा लाटोकोसेरोको संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पु¥याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ माघ १३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP