२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

चोरीमा संलग्न रहेको आरोपमा आदर्श गाउँपालिकाका युवक चक्कु सहित पक्राउ


दिपायल- चोरीमा संलग्न रहेको आरोपमा डोटीका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको आदर्श गाउँपालिका–१ सिर्कलाका २९ वर्षीय शंकर खड्का रहेको इलाका प्रहरी कार्यालय मौवाका प्रहरी नायव निरीक्षक नरेन्द्र टमटाले बताए ।

खड्कालाई आदर्श गाउँपालिका–२ साउनकाँडाको जंगलबाट पक्राउ गरिएको हो । स्थानीयले दिएको सूचनाको आधारमा उनलाई चक्कु सहित पक्राउ गरिएको प्रहरी नायव निरीक्षक टमटाले बताए ।

भादौ १ गते ओल्के पर्व मनाउन माइत हिँडेकी सायल गाउँपालिका– ६ कटुवालगाउँकी २७ वर्षीय पार्वती कटुवालले लगाएको सुनको गरगहना लुटिएको थियो । आदर्श गाउँपालिका –३ मा पर्ने अलिचौर जंगलमा अपरिचित व्यक्तिले चक्कु देखाएर गहना लुटपाट गरेको भन्दै कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको केही दिन पछि सायल गाउँपालिकाका एक वृद्ध महिलाको घरमा चोरी भएको थियो ।

पक्राउ परेका खड्कालाई भेटाउदा गहना लुटिएकी महिलाले उनले नै आफ्नो गहना लुटेको दावी गरेकी छिन्,‘प्रहरी नायव निरीक्षक टमटाले भने,‘घटनाको थप अनुसन्धानका लागि खड्कालाई जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ।’

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ भाद्र २७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP