२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

राजपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा भोज शाह विजयी


दिपायल – राजपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा भोज शाह विजयी भएका छन् । आईतबार सम्पन्न समितिको अधिवेशनबाट शाह बहुमतले विजयी भएका हुन् ।

समितिको तेस्रो अधिवेशनबाट कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भए पनि अध्यक्ष पदका लागि मतदान भएको थियो । अध्यक्षका लागि शाह सहित ४ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए।

शाह १ सय ३२ मत सहित बहुमतले अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटम प्रतिष्पर्धी नरेन्द्र शाहले ५१ मत प्राप्त गरे । अर्का प्रतिष्पर्धी रमेश कठायतले ३२ मत र सुरेश पाण्डेले ३० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष विमला शाह, सचिवमा राम बहादुर कठायत, कोषाध्यक्षमा राजेन्द्र विक्रम शाह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा भरत कठायत, कर्ण कठायत, भूपेन्द्र शाह, कल्पना शाह र रण बहादुर बम निर्वाचित भएका छन् ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ भाद्र २६

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP