२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

माटो जोगाउँन ३५ सय किलोमिटरको दौड

माटो जोगाउँ अभियानका क्रममा डोटीको दिपायल सिलगढी नगरपालिका पुगेको टोली नगर प्रमुख बाजीसिंह खड्का (विजय) सँग

दिपायल – ‘सेभ सोइल’ अर्थात् माटो जोगाउँ अभियानका धावक नविन पुन डोटी जिल्लामा पुगेका छन् । काठमाण्डौंको टुडिखेलबाट दौड सुरु गरेका उनी ६० दिनको यात्रा पछि अछाम हुँदै डोटी पुगेका हुन् ।

६० दिनको अबधिमा नविनले दुई हजार पाँच सय किलोमिटर पार गरिसकेका छन् । ७० दिनको अवधीमा तीन हजार पाँच सय किलोमिटरको दुरी पार गर्ने उनको लक्ष रहेको छ ।

पर्यावरण र माटोको संरक्षणको सन्देशसहित सुरु गरेको ‘माटो जोगाउँ’ अभियानलाई स्थानीय सरकार तथा अन्य व्यक्तिहरुको समर्थन मिलेको छ । अभियानकै क्रममा डोटी पुगेका पुन लगायतको टिमलाई दिपायल सिलगढी नगरपालिकाले स्वागत गरेको छ । टिमलाई नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख बाजीसिंह खड्का (विजय)ले अभियानमा आफ्नो पनि समर्थन रहेको बताए । ‘माटो, प्रकृतिको संरक्षणका लागि मलाई पनि चिन्ता र चासो छ,‘खड्काले भने,‘ अभियानले उठाएको मुद्दालाई मनन गरेर माटोको संरक्षण गर्ने अभियानमा मेरो पनि समर्थन र एकेवद्धता छ । माटोको संरक्षण गर्न हामी पनि प्रतिवद्ध छौं ।’

नेपाल लगायत विश्वभर माटोको उर्वराशक्ति नास हुँदै गएकोमा उनको खास चिन्ता छ । पछिल्लो समय आधुनिक कृषि क्रान्तिका नाममा प्रयोग हुँदै आएको रासायनिक मलको प्रयोगले खेतियोग्य जमिनको उर्वराशक्ति घट्दै गएकोले प्राङ्गारिक मलको प्रयोग गर्नु पर्ने उनको सन्देश छ । दौडसँगै उनिसँग रहेको अभियान्ताको टोलीले पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म जनचेतनामूलक सन्देश दिदै आएको छ ।

यो अभियानले सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनेतर्फ राष्ट्रिय नीति बनाउन र त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने धावक पुनले बताए । विनाश भइरहेको माटोतर्फ सरोकारवाल सबैको ध्यान आकर्षित गर्ने, माटोलाई सुरक्षित, उर्वर र जीवन्त राख्ने नीतिहरू बनाउन प्रेरित गर्ने, माटोको जैविक पदार्थको मात्रालाई बढाएर न्यूनतम ३.६५ सम्म कायम राख्नको लागि राष्ट्रिय नीतिमा परिवर्तन ल्याउन आह्वान गर्ने अभियानको मुख्य उद्येश्य रहेको पुनले बताए ।

Related News

१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
  • २०७९ श्रावण २६

दिपायल – शिखर नगरपालिका- ६ कोटकी चन्नरी देवी लुहारले २०८०...

TOP