२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

दौडका क्रममा बेहोस भएका प्रहरी प्रशिक्षार्थी जवानको मृत्यु

दिपायल- दिपायलस्थित प्रहरी तालिम केन्द्रमा लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ।

अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको मृत्यु भएको हो। उनी असार २२ गते १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए।

उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो। कोहलपुरस्थित शिक्षण असपतालमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ। मृत्युको कारण नखुलेको र पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७९ असार २५

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP