२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

एकैदिन थपिए १०२ जना कोरोना संक्रमित, उच्च सतर्कता अपनाउन आवश्यक

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो ।

१५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन् । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन् ।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७९ असार २५

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP