डोटी- शिक्षकले बदनियत राखेर विद्यार्थीको प्राइटिकल नम्बर (आन्तरिक मुल्याङ्कन अंङ्क ) घटाएको आरोप लागेको छ । सेती प्राविधिक शिक्षलय दिपायलका शिक्षक ई. दीपक कुमार चौधरीले बदनियत राखेर विद्यार्थीको नम्बर घटाएको अभिभावकले आरोप लगाएका हुन् ।
प्राइटिकल नम्बरमा शिक्षकले बदनियत राखेर विद्यर्थीको भविश्यमाथि नै खेलबाड गरेको भन्दै अभिभावकहरुले शिक्षालयमा छानविनका लागि निवेदन दिएका छन् । शिक्षालयले छानविन गरेर दोषी उपर कारबाही नगरे कानुनी रुपमा अगाडी बढ्ने भन्दै अभिभावकहरु दैनिक शिक्षालय पुग्ने गरेका छन् । छात्राले शिक्षकसँग राती कुरा नगरेका कारण प्राइटिकल नम्बर घटाएको अभिभावको आरोप छ ।
शिक्षालयको होस्टेलमा बसेर सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्यनरत छात्रालाई परीक्षा अघि शिक्षक चौधरीले राती १२ बजे फोन गरेर पालैपालो कुरा गर्न दवाव दिएको विद्यार्थीहरुको आरोप छ । पाँचौ सेमेस्टारको परीक्षाका लागि तयारीमा रहेकी छात्रा सविता बमले फोनमा कुरा गर्न नमाने पछि शिक्षक चौधरी भड्कीएका थिए । शिक्षकले राती १२ बजे फोनमा कुरा गर्न दवाव दिने गरेको भन्दै छात्रा बमले आफ्ना अभिभावक र तत्कालिन शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई जानकारी गराएकी थिइन् ।
विद्यार्थीले शिक्षकका विषयमा सिकायत गरेपछि आइन्दा त्यस्तो कार्य गरे कारबाही गर्ने भन्दै फोन गरेको विषय ठुलो नबनाउन र आफ्ना अभिभावकलाई सम्झाउन तत्कालिन शिक्षालय प्रमुख यादवले छात्रालाई दवाव दिएको पीडित छात्रा बताउँछिन् । ‘त्यतिखेर प्रिन्सिपलसँग मैले चौधरी सरले मेरो प्राइटिकल नम्बर घटाउनेमा सङ्का व्यक्त गरेको थिए,‘पीडित छात्राले भनिन्,‘तर उहाँले त्यस्तो केही हुँदैन अहिलेलाई आफ्ना अभिभावकलाई सम्झाउ भन्नु भयो, हामीले त्यसलाई ठुलो विषय बनाएनौं । अन्तः प्राइटिकल नम्बर सबै विद्यार्थीहरुको भन्दा कम दिएको पाइयो ।’
शिक्षकले फोन गर्न दावाव दिने गरेको कुरा छात्राले रुदै फोनमा जानकारी गराए पछि तत्कालिन समयमा शिक्षालय प्रशासनमा कुरा गरेको छात्राका काका सुरज बमले बताए । उनले शिक्षक चौधिरे परीक्षा अगावै विद्यार्थीलाई प्राइटिकल नम्बर घटाइदिने भन्दै धम्की दिने गरेको बताए । ४० जना विद्यर्थीहरु मध्य अन्य सबै विद्यार्थीहरुको ९५ प्रतिशत सम्म नम्बर चढाएको तर एउटाको मात्र ५० प्रतिसत नम्बर चढाएकोले शिक्षकको बदनियत स्पष्ट भएको उनको भनाई छ ।
प्राइटिकल नम्बर दिने अन्य शिक्षकहरुलाई पनि प्रभावमा पारेर निर्माण विभाग प्रमुख समेत रहेका शिक्षक चौधरीले नम्बर घटाउन लगाएको बमको आरोप छ । दैनिक विद्यालय नआउने, ६ वटा विषयमा फेल भएका विद्यार्थीहरुको समेत प्राइटकल नम्बर बढाएको तर नियमित होस्टेलमै बस्ने, पढाइमा अब्बल विद्यार्थीको नम्बर ५० प्रतिशतले घटाएकोमा अभिभावकहरु आक्रोसित बनेका छन् ।
शिक्षालय प्रमुख मनोज कुमार शरणले पनि प्राइटिकल नम्बरमा शिक्षकको बदनियत देखिएको बताए । ‘विद्यार्थी, अभिभावकको कुरा सुन्दा, अन्य शिक्षकसँग बुझ्दा र नम्बर दिएको तरिका हेर्दा बदनियत पूर्वकनै प्राइटिकल नम्बर घटाएको देखिन्छ,‘उनले भने,‘हामी यस विषयमा तथ छानविन गर्न प्रमुख जिल्ला अधिकारी, शिक्षालयको प्रदेश कार्यालयसँग समन्वय गरेर अगाडी बढ्छौं ।’
छात्राका अभिभावकहरुले विद्यार्थीको सहि मुल्याङ्कन गरेर नम्बर बढाउनु पर्ने , नम्बर घटाउनुको कारण खुलाउनु पर्ने, एउटा विषयको कपी रिचेक गर्नु पर्ने बदनियत राख्ने शिक्षकलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
तर, शिक्षक चौधरीले भने आफुले फोन नगरेको जिकिर गर्दै आएका छन् । प्राइटिकल नम्बर नियम संगत नै दिएको उनको दावी छ ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...