२०८१ बैशाख ५, बुधबार
April 17, 2024, Wednesday

जिसस डडेल्धुराको संयोजकमा भण्डारी र उपसंयोजकमा ठडाली निर्विरोध निर्वाचित

डडेल्धुरा- जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संयोजकका लागि भण्डारीकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला समन्वय समितिको संयोजकमा निर्विरोध भएका भण्डारी नेपाली काङ्ग्रेसका नगर उपसभापति हुन ।

उनी, अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उपसंयोजकमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । उनी आलिताल–७ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । जिसस समितिका लागि शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत  हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिए । 

यसैगरी, जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध चयन भएका छन् । उम्मेदवारहरू निर्विरोध चयन भए पनि औपचारिक घोषणा भने २२ गते हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । 

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७९ जेष्ठ २१

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP