२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डोटीको दुई केन्द्रमा मतदान स्थगित

दिपायल – डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।

मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसाले पछि उमेदवार बीच विवाद भएको थियो । राधाकृष्ण माविमा रहेको मतदान केन्द्र को मतदान प्रक्रिया एक घण्टा स्थगित भएर पुनः सुरु भएको छ भने लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको छ ।

जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत प्रकाश बहादुर आलेले बताएका छन् । उम्मेदवार र दलहरुलाई सहमतिका लागि अनुरोध गरिएको उन्ले बताउनुभयो ।

लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको दुई घण्टा बितिसक्दा पनि सहमति जुट्न सकेको छैन । सो केन्द्रमा अहिलेसम्म ७२ मत मात्रै खसेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ बैशाख ३०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP