धनगढी – धनगढीका मतदान अधिकृत मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन् ।
धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत दिजराज भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।
भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
उनका अनुसार घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइ सकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...