२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

‘मानव एम्बुलेन्स’लाई जिताउन देउवा धनगढीमा, एमालेमा भुइँचालाे

कैलाली- प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी अभियानका क्रममा देश दौडाहामा छन् । विगत केही दिनदेखि देशव्यापी रूपमा आयोजना भएका चुनावी सभामा देउवाले सम्बोधन गरिरहेका छन् । उनले आज कास्कीको पोखरामा चुनावी सभालाई सम्बोधन गरेका छन् ।

पोखराको सभा सकेर देउवा गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् । आइतबार साँझ देउवा धनगढी उत्रिँदा सयौँ कार्यकर्ताहरूले उनको स्वागत गरेका छन् । देउवाले भोलि धनगढीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

धनगढीमा देउवाका विश्वास पात्र मानिने नृपबहादुर वड सत्ता गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनी अघिल्लो पटक पनि मेयरमा निर्वाचित भएका थिए ।

अघिल्लो पटकको चुनावमा देउवाले वडलाई ‘मानव एम्बुलेन्स’ भनेका थिए । जुनसुकै अप्ठ्यारोमा पनि जनताको साथमा हुने भएकोले देउवाले मानव एम्बुलेन्सरूपी वडलाई जिताउन अपिल गरेका थिए । धनगढीको सभापछि देउवाले गृहजिल्ला डडेल्धुरामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिममा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा यसअघि नै चुनावी अभियानमा सक्रिय छिन् । आज देउवाले समेत पाइला टेकेपछि सुदूरपश्चिमका कांग्रेसीहरू उत्साहित बनेका छन् भने एमालेजनमा हलचल मच्चिएको छ ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ बैशाख २५

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP