काठमाडौं – सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ ।
प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने टिप्पणी गरेका छन् । सरकारले आगामी १ जेठदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ । सरकारको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै विरोध भएको हो ।
सबैभन्दा बढी सार्वजनिक बिदा दिने देश नेपाल नै रहेको र अझै एक दिन बिदा थप गर्दा त्यसले मुलुकको निजी क्षेत्र र आर्थिक क्षेत्रमा समेत गम्भीर संकट पैदा गर्न सक्ने पुर्व सचिव केशव भट्टराईको भनाई छ । सरकारको यस्तो कार्यले मुलुक नै ठप्प हुन सक्छ, मुलुकको आर्थिक विकास अवरुद्ध हुन सक्छ,भट्टराई भन्छन् ।अहोरात्र काम गरेर परिणाम निकाल्ने बेलामा दुई दिन बिदा दिनु असंवेदनशील र गैरजिम्मेवारीपनको पराकाष्ठ भएको पूर्वसचिव भट्टराईको आरोप छ ।
पूर्व मुख्यसचिव विमल कोइरालाले बिना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने बताए । कोइरालाले हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निर्णय प्रत्युत्पादक हुन सक्ने दाबी गरे ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने दुई दिन बिदाको निर्णय खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले परीक्षणका रूपमा कार्यान्वयन गर्न लागिएको बताए । उनले अन्य पाँच दिनमा कर्मचारीले पूर्ण जिम्मेवार भएर काम गरेमा यो निर्णय वैज्ञानिक र प्रभावकारी हुने दाबी गरे ।
आजको राजधानी दैनिकमा समाचार छ ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...