२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

आचारसंहिता उल्लंघन गर्दै सडकमा चुनाव चिह्न

हेटौंडा – नेकपा एमालेले हेटौंडामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। एमालेले सार्वजनिक सडकमा आफ्नो चुनाव चिह्न अंकित तस्वीर बनाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो।

हेटौंडा उपमहानगरपालिका–४ कर्राको सार्वजनिक सडकमा पेन्ट गर्दै एमालेको चुनाव चिह्न ‘सूर्य’ बनाइएको छ। स्थानीय तहको निर्वाचन आउन १६ दिन मात्रै बाँकी हुँदा आचारसंहिता उल्लंघन गर्दै एमालेले पार्टीको चुनाव चिह्न बनाएको हो।

निर्वाचन आचारसंहिताअनुसार चुनाव प्रचारप्रसार गर्ने उद्देश्यले ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इन्चसम्मको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्नबाहेक कुनै पनि पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा प्रयोग गर्न वा गराउन पाइँदैन। आचारसंहिता लागिसकेको अवस्थामा दलहरूले निर्वाचन आचारसंहिताअनुसार भित्ते लेखनका कुनै पनि काम गर्न पाउँदैनन्।

दलहरूले आचारसंहिता उल्लंघन गरेमा कारबाही हुने व्यवस्था गरिएको छ। तर एमालेले आचारसंहिता बेवास्ता गर्दै सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाएपछि विरोध भएको छ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन आचारसंहिता उलंघन गरेर चुनाव चिह्न बनाउनेलाई नियमानुसार कारबाही हुने बताए। उनले एमालेले सार्वजनिक सडकमा चुनाव चिह्नको तस्वीर बनाउनु आचारसंहिताविपरीत भएको भन्दै त्यसलाई तत्काल मेटाउन लगाउने र नियमानुसार प्रक्रियाबमोजिम कारबाही हुने बताए।

साभार

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ बैशाख १४

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP