२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

एसईई आजदेखि सुरु, देशभरका ५ लाख १५ हजार परीक्षार्थी सहभागी

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट सुरु भएको छ । देशैभर बिहान ८ बजेदेखी परिक्षा सञ्चालन हुँदै छ ।

यो वर्ष एसईईमा देशभरका ५ लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्। परीक्षा वैशाख २० गते सकिने छ।

नियमित तालिका बमोजीम चैत्रमा एसईई हुनुपर्ने भएपनी कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो।

कोरोना संक्रमणका कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो। यस वर्ष भने भौतिक उपस्थीतीमा परिक्षा सञ्चालन हुँदै छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ बैशाख ९

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP