२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

डब्लुएचओका महानिर्देशक आज नेपाल आउने

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज दिउँसो १२ः२५ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रलायले जनाएको छ।

तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन्। उनले आजै अपरान्ह तीन बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

गेब्रेयसस तीन दिने सद्‌भाव भ्रमणमा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए। भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ।

 उनी वैशाख १० गते फर्किने छन्।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ बैशाख ८

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP