२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

कांग्रेसले सात प्रदेशमा खटायो सात सहमहामन्त्री

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सात प्रदेशमा केन्द्रबाट सात जना सहमहामन्त्रीलाई चुनावी कमान्डर तोकेको छ । केन्द्रीय परिचालन समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काले सातै प्रदेशमा स्थानीय तह निर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउने गरी समन्वय र चुनावी परिचालनका लागि केन्द्रमा महामन्त्री विश्वप्रकाश शर्मा र सात प्रदेशमा सात जना सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन् ।

हाल चुनाव परिचालन समितिले केन्द्रीय कार्यालयमा स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश डेस्क सञ्चालित छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपसभापति खड्काले सातवटै प्रदेश डेक्ससँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री शर्माले समन्वय गर्ने र सात प्रदेशका लागि सात जना सहमहामन्त्रीलाई प्रदेश डेस्कको संयोजक तोकेको जानकारी दिए ।

पौडेलका अनुसार प्रदेश १ का लागि सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बे, वाग्मती प्रदेशका लागि सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेशका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, लुम्बिनी प्रदेशका लागि सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशका लागि सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशका लागि सहमहामन्त्री किशोरसिंह राठौरलाई जिम्मेवारी तोकिएको छ ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ बैशाख ६

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP