२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

बैतडीको तीन पालिकामा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

बैतडी – बैतडीमा सत्तासाझेदारदलहरुले स्थानीयतहको निर्वाचनमा तीन पालिकामा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । आज बसेको सत्तागठबन्धनको वैठकले जिल्लाको डिलाशैनी गाउँपालिका , दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् ।

२०७४ सालको निर्वाचनामा एमालेले जितेका यी तीनै पालिकामा तालमेल गर्ने निर्णय भएको नेकपा माओवादीका नेता शंकर भण्डारीले जानकारी दिए ।

सम्पन्न बैठकले पञ्चेश्वरमा कांग्रेसलाइ अध्यक्ष , समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदार गाउँपालिकामा काँग्रेसलाइ अध्यक्ष, माओवादीलाइ उपाध्यक्ष र डिलाशैनी गाउँपालिकामा माओवादीलाइ अध्यक्ष , काँग्रेसलाई उपाध्यक्ष दिने निर्णय भएको उनले बताए । अन्य स्थानीयतहमा तालमेलका लागि छलफल गर्न भोलि बिहान फेरी बैठक बस्ने बताइएको छ ।

Related News

मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
  • २०७९ बैशाख ४

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्लामा नागरिक अभिनन्दन दिपायल- सर्वाेच्च अदालतका...

TOP