२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

धनगढीबाट करिब ४ लाख मूल्य बराबरका अवैध सामान बरामद

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ। आइतबार धनगढी– २ ट्राफिक चौराह र वडा नम्बर ३ मिलनचोक इलाकामा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटरले जनाएको छ।

मोबाइलका सामान, हार्डवयर, कपडा र किरानाका गरि ३ लाख ९६ हजार ३१० मूल्य बराबरको सामान बरामद भएको हेडक्वाटरले जानकारी दिएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको जनाईएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ बैशाख ४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP