२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कञ्चनपुरमा झारफुकका क्रममा महिलाको मृत्यु, धामीझाँक्रीसहित ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपरमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ।

प्रहरीका अनुसार ४३ वर्षीया रञ्जुला साउँदको शुक्रबार राति झारफुकका क्रममा उनकै जेठानीको घरमा मृत्यु भएको हो। मृतक साउँद केही दिनदेखि बिरामी थिइन्। शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि उनी झारफुकका लागि पुगेकी थिइन्। सोही क्रममा उनको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतकका देवर र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ बैशाख ३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP