२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

कैलालीका अर्जुन दासको हत्यामा संलग्न ४ जना पक्राउ,आज धनगढी पठाईयो

धनगढी –  कैलालीका अर्जुन दासको हत्यामा सम्लग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास रहेका छन् ।

पक्राउ परेका चारै जनालाई आज (शुक्रबार) काठमाडौंबाट धनगढी पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न नेपाल भारत सीमामा आएका उनीहरूलाई प्रहरीले रुपन्देहीको बेलहियाबाट बिहीबार (हिजो) पक्राउ गरेको हो।

घटना भएको झण्डै चार महिना पछि  प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको पुषको पहिलो साता घाँटी रेटेर रुखमा बाँधीएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनको जंगलमा शव फेला परेको थियो ।

 हत्या पछि मनोजले एक जनालाई फोन गरेर दासको हत्या गरेको अडियो सार्वजनिक भएको थियो । भण्डारीले भारतबाटै हत्यारा हौँ पक्राउ गर्न भन्दै भिडियो सार्वजनिक गर्दै प्रहरीलाई चुनौती समेत दिएका थिए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ बैशाख २

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP