२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

कैलालीमा दुई लाखभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

कैलाली – कैलालीमा भोलि बुधबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ । १३ स्थानीय तह रहेको कैलाली जिल्लामा नौ सयभन्दा बढी केन्द्रबाट खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

पहिलो चरणमा ७ वटा पालिकामा भोली २३ गतेदेखि र बाँकी ६ वटा पालिकामा २५ गतेबाट खोप कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो ।

जिल्लामा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेवीका, स्वयंसेवक शिक्षकको सहयोगमा एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।

टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण डर बढी हुने भएकाले सरकारले खोप अभियान शुरु गरेको बताएको छ ।

खोपका लागि जिल्लामा दुई लाख ४९ हजार बालबालिकाको रेकर्ड आएको भए पनि जिल्लाभर दुईलाख तीन हजार खोप पठाएको भए पनि अपुग भएकाका लागि खोप माग गरी सबै बालबालिकालाई खोप लागाउने कार्यक्रम रहेको  जनस्वास्थ्य प्रमुख ललित धामीले बताएका छन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ चैत्र २२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP