२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

बलत्कारको झुटोआरोप लगाउने अछामकी युवतीलाई साढे ३ वर्ष कैद

अछाम – अछाममा बलकात्कारको झुटो मुद्धा दिने युवतीलाई जेल सजाय तोकिएको छ । जिल्लाको कमलबजार नगरपालिकाकी एक १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय सनाइएको हो ।

जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको हो । बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिदै अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो ।

अछाम प्रहरी प्रमुख रविराज थपलियाका अनुसार आरोपितले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगले बलात्कारमा उजुरी गरेर फसाउन खोजेको भन्दै अदालतले कैद फैसला गरेको हो । ती युवतीले नन्दरामले माघ १५ गते राती आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

झुटा मुद्धामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजलारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ । आरोपित नन्दरामलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ चैत्र १६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP