२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

बाजुरामा मतदाताको संख्या ८२ हजार नाघ्यो

बाजुरा – बाजुरामा मतदाताको संख्या ८२ हजार नाघेको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय चहको निर्वाचनका लागि १७ हजार ७४२ जना मतदाता थपिएसंगै ८२ हजार ६९० मतदाता संख्या पुगेको हो ।
निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार पाँच सय ६९ महिला मतदाता रहेका छन् ।

त्यस्तै जिल्लामा ७० वटा मतदानस्थल र १ सय १२ वटा मतदान केन्द्र कायम भएका छन् । यसपटक २० वटा मतदान केन्द्र थपिएका हुन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ चैत्र १५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP