२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

देउवाको गृह जिल्लामा बलायरले भने : सुदूरपश्चिममा गठबन्धन हुन सक्दैन

धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा कांग्रेसले कुनै पनि हालतमा गठबन्धन नगर्ने बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनदेखि नै गठबन्धन हुने बताइरहँदा देउवाकै गृह क्षेत्र सुदूरपश्चिम कांग्रेस सभापति बलायरले सुदूरपश्चिममा भने कुनै पनि हालतमा गठबन्धन नगरिने बताएका छन् ।

देउवाको गृह जिल्ला डडेल्धुरामा चुनाव लक्षित पार्टी तथा कार्यकर्ता अन्तरक्रियामा बोल्दै सभापति वलायरले भने‚ ‘सुदूरपश्चिममा कुनै पनि हालतमा गठबन्धन हुन सक्दैन । सुदूरपश्चिममा कांग्रेस कमजोर छैन‚’ वलायरले भने‚ ‘केन्द्रले के निर्णय गर्छ; त्यो बेग्लै विषय हो तर सुदूरपश्चिममा भने कांग्रेसले स्थानीय निर्वाचनमा कसैसँग पनि गठनबन्धन गर्दैन ।’ कार्यकर्ताहरूले सोधेको प्रश्नमा सभापति वलायरले भने‚ ‘गठबन्धन कांग्रेसको आवश्यकता होइन ।’

सोमबार बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा पनि सभापति वलायरले सुदूरपश्चिममा गठबन्धनको आवश्यकता नभएको भन्दै कार्यकर्ताले दबाब दिएको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने‚ ‘म सुदूरका सबै जिल्लामा निर्वाचन लक्षित कार्यक्रममा घुमिरहेको छु । हरेक जिल्लामा कार्यकर्ताले गठबन्धन नगर्न दबाब दिएका छन् । मेरो धारणा पनि यही हो‚’ उनले भने‚ ‘केन्द्रले पनि आवश्यकताअनुसार गठनबन्धन गर्ने निर्णय गर्नुपर्छ ।’ पत्रकारहरूको जिज्ञासामा सभापति वलायरले जिल्लाका अधिकांश नेता तथा कार्यकर्ता र कांग्रेस शुभेच्छुकहरूले पनि गठवन्धन गर्दा कांग्रेसको मौलिक चरित्र नै समाप्त हुने सुझाब दिएको बताए ।

एक महिनादेखि स्थानीय निर्वाचनलाई लक्षित गरी सुदूरपश्चिम कांग्रेस सभापति बिरबहादुर वलायर हरेक जिल्लामा पुगेर कार्यकर्ताहरूसँग अन्तरक्रिया गरिरहेका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र १४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP