२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सशस्त्र प्रहरी प्रमुख खनालद्वारा दिपायल हेड क्वाटरको निरीक्षण भ्रमण

डोटी – सशस्त्र प्रहरी प्रमुख महानिरीक्षक शैलेन्द्र खनालले दिपायल हेड क्वाटरको निरीक्षण भ्रमण गरेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा रहेका गण, गुल्म तथा हेड क्वाटरको निरीक्षण गर्दै महानिरीक्षक खनालले शनिबार दिपायलमा रहेको सशस्त्र प्रहरी नेपाल ३६ नम्बर हेड क्वाटरको निरीक्षण गरेका हुन् ।

सशस्त्र प्रहरी प्रहरी महानिरीक्षक खनाल सहित सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गा प्रसाद भट्टराइ लगायतको सहभागिता रहेको थियो । टोलीले जिल्ला तथा प्रदेशमा शान्ती शुरक्षाको अवस्था, हेड क्वाटरको अवस्था तथा समस्याका बारेमा निरीक्षण गरेको सशस्त्र प्रहरी नेपाल ३६ नम्बर हेड क्वाटर डोटीका प्रहरी उपरीक्षक हर्कबहादुर बिस्टले जानकारी दिए ।

कार्याक्रममा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासी, प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, डोटीका प्रहरी प्रमुख शारदा चौधरी , नेपाली सेनाका गणपती लगायतको सहभागिता रहेको थियो ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP