२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

बझाङ – बझाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका– ६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो ।

घाइते भएका कुँवरको देउलेख स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताएका छन ।

यस्तै दुर्घटनामा १ जना घाइते भएका छन् । दुर्घटनामा बुंगल नगरपालिका–९ देउलीकोट की २६ वर्षीया गीता मल्ल घाइते भएकी हुन्। मल्ललाई सामान्य चोट भएकाले विजगडामै उपचार भइरहेको प्रहरीले बताएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP