दार्चुला – दार्चुलामा पर्ने गुञ्जीमा भारतले आफ्नो झण्डा राख्ने तयारी गरेको छ । गुञ्जीमा भारतले ४५ लाखको लगानीमा १ सय फिट अग्लो झण्डा राख्ने तयारी गरेको हो ।
‘समुन्द्री सतहबाट करिब ३ हजार २ सय मिटरको उचाइमा रहेको नेपाल–भारत सीमानामा रहेको गुञ्जीमा झण्डा फहराइनेछ,’ भारतीय सञ्चार माध्यम अमर उजालाले लेखेको छ,‘यसका लागि तयारी पूरा भएको छ । छिट्टै जिल्ला प्रशासनले करिब ४५ लाखको लागतमा जिल्ला योजनामा तिरंगा जडान गर्ने भएको छ ।’
भारतले नेपाली भूमि गुञ्जीमा झण्डा राख्ने तयारी गरेपनि यसबारे दार्चुला प्रशासनलाई जानकारी छैन् । ‘भारतले आफ्नै भूमिमा झण्डा राख्न लागेको होला,’ दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने, ‘गुञ्जी सीमावर्ती क्षेत्र हो, हाम्रो भूमिमा झण्डा राख्न दिदैनौं ।’
२०७७ जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा भारतले अतिक्रमण गरेको नाभी, कुटी र गुञ्जी गाउँ समेत समेटिएको छ ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...