२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

भ्रष्टाचार विरुद्ध मालपोत कार्यालयमा प्रदर्शन

डोटी- बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले भ्रष्टाचार विरुद्ध मालपोत कार्यालय डोटीमा प्रदर्शन गरेको छ ।

असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बासले बुधबार डोटीको जिल्ला सदरमुकाम सिलगढी स्थित मालपोत कार्यालयमा भ्रष्टाचार शुद्धिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, सेवाग्राहीलाई विभिन्न बहानामा नझुलाऔं, भ्रष्ट कर्मचारीलाई कारबाही गरौं जस्ता नारा लेखिएका पोस्टरहरू प्रर्दशन गरेका थिए । भ्रष्टाचारविरुद्ध शुद्धिकरण कार्यक्रम लेखिएको ब्यानर र पोस्टरसहित केही समय कार्यालय अगाडि शान्तिपुर्ण प्रर्दशन गरिएको थियो ।

प्रर्दशनपछि पश्चात बास नेपाल डोटी शाखाका अध्यक्ष गणेश मौनीले मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख प्रेम बहादुर माझीलाई मालपोत कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न १० बूँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा मालपोत कार्यालयमा सुशासन बहालिका लागि कार्यालयमा भइरहेका सबै खालका भ्रष्टाचारहरूको नियन्त्रण गर्न, सरकारी साधनको दुरूपयोगमा रोक लगाउन, नियमित नागरिकको गुनासो सुनुवाई गर्न लगाएतका सुझावहरु रहेका छन् ।

कार्यालय प्रमुख माझीले बासले गरेको उक्त कार्यक्रमको प्रसंशा गर्दै मालपोत कार्यालयमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न र सेवालाई गुणस्तरीय सर्वसुलभ छीटोछरीतो प्रबाह गर्न प्रतिबद्धता जनाएका थिए । भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रममा बास डोटी शाखाका १५ जनाभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७८ फाल्गुन २५

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP