२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

फेरी बढ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं- दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्या फेरि बढेको छ । पछिल्लो २४ घन्टामा देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

बुधबार थप २५१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमित ५ हजार ६ सय ९२ जना रहेका छन् ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७८ फाल्गुन २५

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP