२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु

कैलाली – कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिकास्थित धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको हो ।

त्रिभुवन माविमा अध्ययनरत ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७८ फाल्गुन २३

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP