धनगढी: धनगढीमा सोमबार बिहान फेला परेको शवको पहिचान खुलेको छ। उक्त शव भारतीय नागरिकको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त शव भारतको उत्तरप्रदेशस्थित शाहजापुरा बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको भनि उनका भाईले सनाखत गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) वेदप्रकाश जोशीले बताए। ‘लकडाउन हुनुअघि उनी नेपालमै रहेको र आजभोलि उनी राजस्थानमा बस्दै आएको भनेर भाइले बताएका छन्’ डिएसपी जोशीले भने, ‘हिजो मात्रै उनी धनगढीस्थित भाइको कोठामा रक्सी खाएर पुगेको र त्यहाँबाट ५० रुपैयाँ लगेर गएको भन्ने अनुसन्धानबाट खुलेको छ।’
मृतक कुल्दीपको घाँटी र गालामा चोटपटक लागेकाले प्रहरीले उनको हत्या भएको भनेकाे छ। उनकाे शरिरको घाउमा काठका टुक्रा भेटिएको र घटनास्थलमा काठको डन्डी पनि भेटिएको प्रहरीले जनाएको छ। उक्त काठ घटनामा प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ। शवको पोष्टमार्टम भइरहेको र थप अनुसन्धान भइरहेको डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्।
सोमबार बिहान १० बजे धनगढी उपमहानगरपालिका–५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा कुल्दीप गुप्ताको शव फेला परेको थियो।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...