२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

कारको ठक्करबाट डोटीमा एक बालक घाइते

डोटी – कारको ठक्करबाट डोटीमा एक बालक घाइते भएका छन्। डा केआईसिंह राजमार्ग अन्तर्गत जिल्लाको शिखर नगरपालिका-१ मा डडेल्धुराबाट सिलगढीतर्फ जाँदै गरेको बागमती बीएए ९७६४ नम्बरको निजी कारले सोही ठाउँका ९ वर्षीय अनिश कोलीलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

अनिशलाई बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिएको बताइएको छ। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। कारसहित चालकलाई ईलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७८ फाल्गुन २२

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP