२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

धनगढीमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ

धनगढी – धनगढीमा १८० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१९ फूलबारीका २२ वर्षीय टाइसन कुश्मी चौधरी रहेको प्रहरीले बताएको छ।

उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७८ फाल्गुन २२

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP