कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झुपडी बनाएर बस्दै आएकी छिन् । सालको पातको झुपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन् ।
बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झुपडी बनाएर बस्दै आएको बताउँछिन् । ‘श्रीमानले सधैँ कुटपिट गर्थे’, चौधरीले भनिन्, ‘माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी लिएर श्रीमान बेपत्ता भएपछि वन क्षेत्रमा आएर बस्दैछु, सहारा कोही छैन ।’
वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखेपछि स्थानीयवासीको सहायतामा कलुवापुर बजार नजिकैको वनमा स्थानीयले झुपडी बनाइदिएका हुन् । चौधरीले नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी छिन् । लगाउने ओढ्ने कपडा समेत मागेर गुजारा चलाउने गरेको चौधरीले बताइन् । कृष्णपुर नगरपालिका–२ मा रहेका माइतीले समेत नहेरेपछि बाध्य भएर वन क्षेत्रमा बस्नुपरेको उनको दुःखेसो छ ।
वडाध्यक्ष दिलबहादुर बुढा एक्लै महिला वन क्षेत्रमा तुषारोसमेत नछेक्ने झोपडीमा बस्दै गरेको देखेपछि वनछेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएको बताउँछन् । ‘महिलालाई उद्धार गरी सहजरूपमा बसोवासको व्यवस्था मिलाउनका लागि परोपकारी संस्थाको खोजीमा लागेका छौँ’, उनले भने ।
रासस
दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...