२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

काँग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

धनगढी – नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा नारायणदत्त भट्ट विजयी भएका छन ।

नारायणदत्त भट्ट १ हजार ३५९ मतका साथ विजयी भएका छन् भने प्रत्यासी प्रकाश बमले १०९६ मत प्राप्त गरेका थिए ।

जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका थिए भने १२ मत बदर भएको थियो ।। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ फाल्गुन १९

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP