२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

कांग्रेस कैलाली अधिवेशन: कलेलको समर्थन बमलाई

धनगढी – नेपाली कांग्रेस कैलाली अधिवेशनमा सभापति पदमा तेस्रो स्थानमा मत ल्याएका रामबहादुर कलेलले सभापतिका उम्मेदवार प्रकाश बमलाई समर्थन गर्ने घोषणा गरेका छन ।

बुधबार पत्रकार सम्मेलनमार्फत कलेलले बमलाई सभापतिमा सर्मथन गर्ने घोषणा गरेका हुन । कलेलले पहिलो चरणको निर्वाचनमा १९७ मत ल्याएका थिए ।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बमले १ हजार १६७ मत ल्याएका थिए भने दोस्रो बढी मत ल्याएका नारायणदत्त भट्टले १ हजार ७२ मत ल्याएका थिए ।

पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि बिहिबार दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणको मतदानमा बम र भट्टले सभापति पदका लागि प्रतिस्प्रर्धा गर्दै छन ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७८ फाल्गुन १८

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP