२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

एमसीसी अनुमोदनपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं – एमसीसी अनुमोदनपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुइटा प्रस्ताव पेश गर्दैछन्।

‘यस्तै बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। गत आइतबार एमसिसी अनुमोदन गरेपछि बैठक स्थगित गरिएको थियो।

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०७८ फाल्गुन १८

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP