२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

एमसिसीविरुद्ध ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको आन्दोलन घोषणा

काठमाडौं : ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसिसी संसदबाट पास भएको फागुन १५ गतेलाई कालो दिन घोषणा गरेको छ। 

बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले देउवा सरकार, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले नेपाली जनताको विरोध आन्दोलनका खिलापमा अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रघातका विरुद्ध आगामी चैत ६ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिएको छ। फागुन २० गतेदेखि विरोध प्रदर्शन, विरोध सभालगायतका विभिन्न कार्यक्रम तोकिएको छ। 

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७८ फाल्गुन १७

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP