२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

सुर्खेतको वीरेन्द्रनगरमा भोलि साँझसम्म कर्फ्यू

सुर्खेत – सुर्खेतकाे वीरेन्द्रनगरमा तनावग्रस्त बन्दै गए पछि साेमबार साँझ ८ः१५ बजेदेखि भोलि साँझ ७ बजेसम्मका लागि कफ्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भोलि साँझ ७ बजेसम्मका लागि कफ्यू जारी भएको जानकारी दिएका छन्।

प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

एमसीसीको विरुद्धमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विभिन्न राजनीतिक दलहरुले गरेको बन्दमा सुर्खेतमा आगजनी र तोडफोड भएको छ ।

सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहारसमेत गरेको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ फाल्गुन १६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP