२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

मापसे गरेर सरकारी बाइकमा सवार दिसिनपाका लेखापाल प्रहरी फन्दामा, पछाडि युवती

अत्तरिया – सार्वजनीक बिदाको दिन मापसे गरि चलाइएको दिपायल सिलगढी नगरपालीकाको मोटरसाईकल प्रहरी फन्दामा परेको छ । से १ ब ८३८ नम्बरको उत्त मोटरसाईकल कैलालीको अत्तरियामा प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाको टोलीले नियन्त्रणमा लिएको हो ।

नगरपालीकामा कार्यरत लेखापाल भत्तराज भट्टले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको पाएपछी प्रहरीले मोटरसाईकल लिएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रतीका अनुसार नियन्त्रणमा लिइएको मोटरसाईकल एक हजार जरिमाना  तिराएर छाडिएको छ ।

उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। उत्त मोटरसाईकलमा पछाडी युवती सवार थिईन भने बेलुकी ५ः३० को समयमा उनीहरु अत्तरिया चौराहा वरीपरी फन्को लगाइरहेका थिए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ फाल्गुन ७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP