२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

विश्वभर १९ लाख कोरोना संक्रमित थपीदा ९ लाख बढी निको

पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, भारतमा २ लाख ५७ हजार र इटलीमा १ लाख ४९ हजार रहेका छन्।

यस्तै‚ सोही अवधिमा अस्ट्रेलियामा ८६ हजार, बेलायतमा ७० हजार, अर्जेन्टिनामा ६५ हजार, टर्कीमा ५४ हजार र मेक्सिकोमा ४७ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ९५७ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये रसियामा ६८६, भारतमा ३८८, अमेरिकामा ३२२, इटलीमा २४८ र मेक्सिकोमा २२७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म विश्वभर कोरोनाबाट ५५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यस्तै‚ विश्वमा ५ करोड ५६ लाखभन्दा बढी सक्रिय संक्रमित छन्।

यही अवधिमा ९ लाख ८५ हजार जना संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनामा एक लाख ३ हजार, ब्राजिलमा ८९ हजार, इटलीमा ७९ हजार, टर्कीमा ६८ हजार, कम्बोडियामा ३४ हजार, अमेरिकामा ३१ हजार, फ्रान्समा ३० हजार र रुसमा २२ हजार निको भएका हुन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ माघ ३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP