२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलित

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालय प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रकृया र प्राध्यापकको वृति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका हुन्। 

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले नवौं  सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएकाले आन्दोलनमा उत्रिनु परेको बताए।

‘सिनेट बैठकका एजेण्डामा मेरो सहमति छैन’ उनले भने, ‘सहमतिविरुद्धमा निर्णय गरिएका छन्।’ एजेण्डा अध्ययन गर्ने मौका नै नदिएर कार्यकारीले गुमराहमा राखेको उनको आरोप छ। सिनेटका निर्णय अपारदर्शी भएको पनि उनले आरोप लगाए। प्राध्यापक संघका महासचिव खेमराज सुवेदीले पदाधिकारीले अन्याय गरेको उल्लेख गर्दै त्यस विरुद्धमा आन्दोलित भएको बताए। भागबण्डाका लागि नभई अन्याय विरुद्धमा आन्दोलित भएको उनको भनाई छ।

विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले सिनेटकै बैठकमा सहभागि भएर निर्णय सदरमा सहिछाप गरेका व्यक्ति नै आन्दोलनमा उत्रिनु लज्जास्पद भएको बताए। ‘कसैलाई गुमराहमा राखेर निर्णय गरिएको होइन, ‘उनले भने, ‘निर्णयमा सबैको सहभागिता थियो।’

सिनेट हुनु अघि सबै एजेण्डामा प्राध्यापक संघका सभापति उत्तम थापासहितको सहभागितामा छलफल भएर नै निर्णय पारित भएको उनको भनाई छ। यसअघि विश्वविद्यालयमा विद्यार्थी संघ संगठनले विभिन्न माग अघि सार्दै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले–समाजवादी निकट अनेरास्ववियू तीन वटै विद्यार्थी संघ संगठनले छुट्टाछुट्टै रुपमा विश्वविद्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्।

क्रान्तिकारीले सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस, समाजवादी निकट अनेरास्ववियूले उपकुलपति डा अमराज जोशी र एमाले निकट अनेरास्ववियुले केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरेका छन्।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ पुष २३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP