२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

कांग्रेस सभापतिको दोस्रो चरणको मतगणना सुरु, जित्न २२८२ मत चाहिने

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ।दोस्रो चरणमा मंगलबार भएको निर्वाचनको मतगणना राति ११ बजेर २० मिनेटमा सुरु भएको हो।

दोस्रो चरणको निर्वाचनमा बर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला प्रतिस्पर्धामा छन् । पहिलो चरणमा सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि आज दोस्रो चरणको मतदान भएको थियो।

आज ४५६२ मत खसेको छ। अब सभापतिमा निर्वाचित हुन दुई हजार दुई सय ८२ मत चाहिन्छ। देउवालाई पहिलो चरणबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७८ मंसिर २९

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP