काठमाडौं – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।
अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्। शेखर काेइरालाले १,६१५ मत प्राप्त गरेका छन् ।
शेरबहादुर र शेखरबाहेकका अन्य प्रतिस्पर्धीहरू भने धेरै मतान्तरले पछि छन् । विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ शेरबहादुर र शेखरकाे अनुपातमा अगाडि बढ्न सकेका छैनन् । उनीहरू पहिलाे चरणबाटै ‘आउट’ हुने सम्भावना छ ।
यससँगै दाेस्राे चरणकाे निर्वाचन हुने सम्भावना पनि उच्च रहेकाे छ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन्।सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...