कञ्चनपुर – जिल्लामा प्रहरीले अवैध सामान बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ हरियाली सामुदायिक वनबाट अन्दाजी ७५ हजार मूल्यको अवैध सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएको ७५ थान लेडिज सुटसहितको अवैध सामान बेवारिसे अवस्थमा फेला पारेको हो। उक्त सामान बरामद गरी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताएका छन् ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...