२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

अछाममा एक युबती मृत फेला, हत्या गरेको आंशकामा ४ जना पक्राउ

अछाम – अछाममा शनिबार मृत फेला परेकी किशोरीको हत्या भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । परिवारले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी मंसिर २१ गतेदेखि बेपत्ता थिइन्। उनको शव शनिबार मंगलसैन रामारोशन सडक खण्डको खर तोला भन्ने ठाउँमा भेटिएको थियो।

शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

Related News

धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
  • २०७८ मंसिर २६

धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन...

TOP