धनगढी – नेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन अन्तरगत आज देखि बन्द सत्र सुरु हुँदै छ । अधिवेशनमा प्रदेशका ९ वटै जिल्लाबाट र अन्य गरी १ हजार १ सय ९७ प्रतिनिधि सहभागि भएका छन ।
बन्दसत्रबाट ९ पदाधिकारी सहित २२३ (१० प्रतिशत मनोनित सहित) जनाको प्रदेश समिति चयन हुनेछ । पदाधिकारी तथा सदस्यका आकांक्षी नेताहरू गृहकार्यमा जुटेका छन् । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ ।
पार्टीका प्रदेश अध्यक्ष शरदसिंह भण्डारीका अनुसार बन्दसत्रबाट नयाँ नेतृत्वसहितको कार्यसमितिको चयन हुने छ । ‘आइतबार बिहानैदेखि बन्द सत्र सुरु हुने कार्यक्रम छ,’ अध्यक्ष भण्डारीले भने, ‘बन्द सत्रमा प्रदेश अध्यक्षबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिेने छ ।’
राजनीतिक प्रतिवेदनमाथिको छलफल सकेर आइतबार साँझ अध्यक्षसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य खगराज भट्टलाई तोकिएको छ । प्रदेश अध्यक्षका लागि नरेन्द्र कुँवर, वीरभान चौधरी, मानबहादुर धामी, शरदसिंह भण्डारी, हरि चौधरी र हरि ज्ञवालीले दाबी रहेको छ ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...