डोटी – सायल गाउँपालिका – ५ गुरेनाकी जसु लुहारले गत असोज ३१ गते देखि कार्तिक २ गते सम्म आएको बाढी पहिरोका कारण श्रीमान गुमाइन् । उनका छोरा र नाति गम्भीर घाइते भए । श्रीमान सँगै आफू बसोबास गर्ने घर पनि गुमाइन् ।
अहिले जसु छिमेकीको घरमा बस्दै आएकी छिन् । छोरा नातीकाे सरकारले हेलिकप्टर मार्फत उद्धार गरेर उपचार गराइरहेको छ। आईतबार सेतो लुगामा उनी राहत पाउने भनेपछि वडा कार्यालयमा पुगिन्। निन्याउरो मुद्रामा राहत कुरिरहेकी उनीसँग सामाजिक अभियन्ता साइन नेपालका अध्यक्ष भक्तराज जोशीले छोटो संवाद गरे । राहत वितरण गर्नु अघि र पछि उनी जस्तै अन्य बाढी पीडितसँग जोशीले छोटो संवाद गरेका थिए।
संवादका क्रममा अध्यक्ष जोशी निकै भावुक देखिन्थे । पीडितका आँखामा देखिने पीडा उनको आँखामा देखिन्थ्यो । बाढी पहिरोमा वर्षैपिच्छे सायल गाउँपालिकामा जनधनको क्षति हुने हुनेगरेको छ। सो क्षेत्र अझै जोखिममा रहेकाले बस्ती व्यवस्थापनका लागि सरकार गम्भीर हुनु पर्नेमा उनले चिन्ता व्यक्त गरे ।
गाउँपालिकाका १५० बाढी पीडित परिवारलाई नगद सहित राहत वितरण गर्न सायल पुगेका समाज सेवि जोशीले प्राकृतिक विपत्तीमा परेकाहरूलाई नजिकबाट नियाल्दै पीडितका अनुहार र अवस्था बढे । “प्राकृतिक विपत्तिमा मैले देशभरका विभिन्न क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको छु,’ जोशीले भने,’ आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ मैले महसुस गरेको छु । त्यो पीडाका बीच हामीले वितरण गर्ने राहत केही होइन उनले थपे,’ दिगो रूपमा यस्ता जोखिमपूर्ण क्षेत्रको व्यवस्थापन हुनुपर्छ । पीडितको अवस्थाका बारेमा जानकारी लिएर थप केही गर्न सकिन्छकी भन्ने उद्येश्यले पीडितलाई भेट्न मात्रै आएको हुँ । यसले थप रणनीति र कार्ययोजनाका साथ अगाडी बढ्न मदत पुग्नेछ।”
केही वर्ष अघि बाजुराका बाढी पीडितका लागि राहत लगेर अछामको साँफे पुगेका बेला काठमाण्डौमा रहेकी तीन वर्षीय छोरीको निधन भएको खबर पाए पछि जोशी काठमाण्डौ नफर्केर बाढी पहिरोबाट ज्यान गुमाएका परिवार भेट्न बाजुरा पुगेका थिए । आफ्नो पीडा त्यहाँका पीडित परिवारसँग साटे पछि मात्रै त्यहाँबाट फर्किए। त्यो घटना पछि प्राकृतिक विपत्तिमा परेका जनताको पीडामा मलम लगाउन सधैं अग्रसर रहेकाे उनले बताए। रसाएका आँखा सायलका बाढी पीडित तिर तेर्स्याउँदै भावुक मुद्रामा जोशीले भने,’ अकालमै विपद् जस्ता प्राकृतिक प्रकोपका कारण आफन्त गुमाउनुको पीडा कस्तो हुन्छ मैले बुझेको छु । यो राहत केही होइन कतिपय पीडा आपसमा साटे कम हुन्छ भनेर भेट्न आएको हुँ ।’ सधैका लागि यस्ता प्राकृतिक विपद् बाट बच्न जनताको आर्थिक समृद्धि आवश्यक छ, त्यसकालागि सिपमुलक, व्यवसायिक, उत्पादन मुलक कार्यक्रमको जरुरी छ त्यसका लागि हाम्रो प्रयास रहने छ ।’
जोशीले पहिरोमा परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई व्यक्तिगत रूपमा भेटेर सम्झाए रभने,’ म तपाईं सँगै छु । सकेको सहयोग रहने छ । आफूलाई सम्हाल्नुस् ।’ जोशीको मन्तव्य, छोटो संवाद, पीडितसँग साटेको पीडा र अपनत्वले जन धन गुमाएका बाढी पीडित अनुहार उज्यालो पारेर फर्किए। न्यानो कम्मल, एक बोरा चामल, दाल, तेल, स्वाइबिन लिएर ठूलो राहत महसुस गर्दै खुसी खुसी पीडितहरु घर फर्किए ।
बाढी पीडित एक सय ५० परिवारलाई राहत वितरण
आईतबार सायल गाउँपालिका एक सय ५० बाढी पीडितलाई राहत वितरण गरिएको छ। वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौं प्रयास ( साइन नेपाल) धनगढीले केयर एण्ड रिलिफ परियोजनाको आपातकालीन राहत कार्यक्रम अन्तर्गत राहत वितरण गरेको हो ।
जोशी नेतृत्वको उक्त संस्थाले बाढी पहिरोमा आफन्त गुमाएका ६ परिवारलाई प्रति परिवार पाँच हजार नगद सहित एक बोरा चामल, ३ किलो दाल, एक लिटर तेल, दुई पोका स्वाइबिन् र एक थान ब्याङ्केट वितरण गरेको हो। अन्य बाढी पीडितलाई प्रति परिवार एक बोरा चामल, ३ किलो दाल, एक लिटर तेल, दुई पोका स्वाइबिन् र एक थान ब्याङ्केट वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले बताए ।
पीडितहरुले स्थानीय सरकारसँग राहत तथा व्यवस्थापनका लागि पटक पटक माग गरे पनि तत्काल दिन सकिने अवस्था नभएकोमा साइन नेपालले गरेको सहयोगले पीडितसँगै स्थानीय सरकारलाई पनि राहत पुगेको वडाध्यक्ष गणेश बोगटीले बताए ।
साइन नेपालले यस अघि पनि विभिन्न समयमा सहयोग गर्दै आएको बताउँदै वडा अध्यक्ष टिका सिंहले धन्यवाद ज्ञापन गरेका थिए ।
विपद् , महामारी लगायत समयसापेक्ष कार्यक्रम ल्याएर समग्र जिल्लामा साइन नेपालले महत्वपूर्ण योगदान पुर्याएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लाल बोगटीले बताए ।
साइन नेपालले सुदूरपश्चिमका विभिन्न स्थानीय तह, जिल्ला लगायत देशै भर स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आय आर्जनका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले सायलमा यसअघि सिपमुलक तालिम, छाउपडी सम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री वितरण जस्ता कार्यहरू सञ्चालन गरेको थियो ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...